संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ का ३१ वर्षीय बद्री स्याङ्वो तामाङ र पाँचथरको याङवरक गाउँपालिका-१ की २१ वर्षीया निस्मा राई छन् ।

सोमबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको सुनसरी प्रहरीले जनाएको छ । निस्माले गोप्य अङ्गमा लुकाएर ल्याएको अवस्थामा ११.१३ ग्राम ब्राउन सुगर बरामद भएको छ ।

Advertisement

यस्तै बद्रीले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ०.६६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!