मायामा परेपछि मानिस जस्तोसुकै अवस्थाबाट पनि गुज्रिन तयार हुन्छ । चीनमा बस्दै आइरहेका एक जोडीको पनि यस्तै अजबगजब प्रेम कथा रहेको छ ।

Advertisement

लियांग जिफु र ली सुइंग नाम गरेका यी जोडी ५४ वर्षदेखि गुफामा बस्दै आइरहेका छन् । दक्षिण पश्चिम चीनमा रहेको नैचोग सिटीमा यो जोडीले घरको भाडा तिर्न नसकेपछि उनीहरुले गुफामा बस्ने निर्णय गरे । ५४ वर्षपछि यी जोडीहरुले गुफामा ३ वटा बेडरुम र एउटा किचन तथा लिबिङ रुम बनाएका छन् ।

हाल ८१ वर्ष पुगेका जिफु र ७७ वर्ष पुगेकी सुइगले विवाह गरेको तीनवर्षपछि गुफालाई आफ्नो घर बनाएका थिए । यसबाहेक यस गुफामा अन्य तीन परिवार पनि बस्दै आइरहेका थिए ।

तर अब यस गुफामा जिफुका पतिपत्नीमात्र बस्ने गर्छन् । स्थानीय अधिकारीले धेरैपटक यस जोडीलाई अन्त बस्न भनेको थियो तर यो जोडीले अन्त जान मानेनन् । यो जोडीका अनुसार गुफामा गर्मीमा चिसो र जाडोमा गर्मी हुनेगर्छ ।

यस गुफामा बस्दै आइरहेका जोडीसँग टिभी पनि रहेको छ । उनीहरुले बिजुलीको सुविधा पनि उपभोग गरेका छन् । यतिमात्र नभई गुफा बरिपरि रहेको जग्गामा यी जोडीहरुले खेती गर्दै आइरहेका छन् । उनीहरुको यही कामबाट गुजारा हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!