
विराटनगर । विराटनगरका रेष्टुरेन्ट व्यवसायी मनोज खत्री मृत फेला परेका छन् । विराटनगर-३ का खत्री केरावारीको धारापानी जङ्गलमा मृत फेला परेका हुन् ।
५१ वर्षीय खत्रीको शव शनिवार फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मृत्युको कारण खुल्न बाँकी छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
व्यवसायी खत्रीले विराटनगरको पिपल चोक र गोल्छा चोकमा पिजफायर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।


संगालोखबर 























