संगालोखबर


विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ भित्तेका २३ वर्षीय बरदान विश्वकर्मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनको हाल विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते विश्वकर्माको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले अस्पतालको दैनिक खर्च, औषधि तथा शल्यक्रिया शुल्क जुटाउन समस्या भएपछि सहयोगको अपिल गरिएको हो ।

उपचारमा ठूलो रकम खर्च भइसकेको र थप रकम अभाव भएका कारण सहयोगको अपिल गरिएको उनका आफन्त भावेष विश्वकर्माले बताए ।

एउटा सानो सहयोगले पनि कसैको अमूल्य जीवन जोगिन सक्ने भन्दै बरदानको जीवन रक्षाका लागि इच्छुक व्यक्ति तथा सङ्घ-संस्थालाई सहयोगका लागि उनले आग्रह गरेका छन् ।

भावेषका अनुसार असोज २० गते सुनसरीको चतराबाट उदयपुर जाँदै गरेका बरदान सुपारेको जंगलमा दुर्घटनामा परेका हुन् । अहिले उनको आइसीयूमा उपचार भइरहेको भावेषले जानकारी दिए ।

उपचारमा केही रकम खर्च भइसकेको र अझै ६/७ लाख आवश्यक पर्ने अस्पतालले बताएको उनले सुनाए । थप रकम जोहो गर्न परिवारलाई समस्या भएकाले सहयोगको अपिल गरिएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!