संगालोखबर


धनकुटा । हिन्दुहरूको महान् चाड बडादशैँ सुरु भएसँगै धनकुटाका हाट-बजारमा खसीबोका किनबेच गर्नेको घुँइचो लाग्न थालेको छ । धनकुटा बजारमा लाग्ने हाट-बजारमा गाउँ-गाउँबाट खसीबोका ल्याएर बेचबिखन गर्नेको घुइँचो लाग्न थालेको हो ।

धनकुटा र हिले बजारमा बिहीबार, पाख्रीबासमा शनिबार तथा सिधुवा र थलथलेमा लाग्ने साप्ताहिक हाटमा खसीबोका, हाँस, कुखुरा, बंगुर, खाद्यान्न तथा लत्ताकपडा किनबेच गर्नेको भीड बढेको छ ।

धनकुटामा खसी तथा बोकको मासु प्रतिकिलो ९ देखी ११ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको धनकुटाका मासु व्यापारी आशिष कार्कीले बताए । यो वर्ष मासुको माग बढी भएकाले पुर्‍याउन समस्या हुनसक्ने उनको अनुमान छ ।

धनकुटा बजारका मुख्य चोक तथा पसलहरूमा पनि किनमेल गर्न आउनेको बाक्लो भिड देखिन थालेको छ । अन्य सिजनको तुलनामा चाडपर्वको समयमा तेब्बर आर्थिक कारोबार हुनेगरेको व्यापारीहरू बताउँछन् ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष श्रीराम रायमाझीका अनुसार दैनिक उपभोग्य वस्तु आयात-निर्यातका लागि सरोकारवाला निकायसँग समन्वय गरेर सहज बनाइएको छ । यस्तै बजार अनुगमनमार्फत पसलमा अनिवार्य मूल्यसूची टाँस गर्न तथा अखाद्य बस्तु नबेच्न आग्रह गरिएको उनले बताए ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!