
विराटनगर । मोरङको जहदा गाउँपालिका-४ रामचोकबाट सशस्त्र प्रहरीको टोलीले तरकारी बोकेको पिकअप गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । शंका लागेर चेकजाँच गर्दा तरकारीको बीचमा लुकाएको अवस्थामा ५७० किलो गाँजा बरामद भएको हो ।
सशस्त्रका अनुसार प्र १-०१-०० च ७४२२ नम्बरको गाडीलाई चेकजाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका छन् । गाँजा र गाडीलाई बीओपी नोचामा राखिएको छ ।
चालकको खोजी भइरहेको र बरामद गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

संगालोखबर 




















