संगालोखबर

विराटनगर । विराटनगरको सास्थम कलेजले बीएचएम, बीबीए र एमबीएको पढाई पुरा गरेका विद्यार्थीहरूलाई बिदाई गरेको छ । चार तारे होटल रत्नामा आज कार्यक्रम आयोजना गरेर १२५ जना विद्यार्थीलाई सम्मानसहित बिदाई गरिएको हो ।

बीएचएम २०८० ब्याचका ५० जना, बीबीए २०७९ ब्याचका ६० जना र एमबीएका १५ जना विद्यार्थीलाई बिदाई गरिएको छ ।

विद्यार्थीहरूलाई सास्थमका क्याम्पस प्रमुख विनय विष्णु केसी, क्याम्पस म्यानेजर महेश्वरप्रसाद सिंह, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश लगायतले खादा ओढाएर मायाको चिनो प्रदान गरी बिदाई गरे ।

 

सो अवसरमा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन् । यसअघि असोज २ गते सास्थम कलेजले कार्यक्रम आयोजना गरेर वीवीए र वीएचएममा भर्ना भएका २४० जना नयाँ विद्यार्थीलाई स्वागत गरेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालय र सीटीइभीटीद्वारा मान्यताप्राप्‍त सास्थम कलेजले सन् २००१ देखि बीएचएम र २००९ बाट वीवीए पढाई सुरु गरेको हो । २५ वर्षदेखिको अनुभव संगालेको सास्थम कलेज पूर्वी नेपालको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!