संगालोखबर


बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । निशीखोला गाउँपालिका-३ धारखर्कमा पहिरोले घर पुरिँदा तीन छोरासहित आमाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर ३६ वर्षीया श्यामकुमारी बिक, उनका १३ वर्षीय छोरा मनोज बिक, ८ वर्षीय छोरा मुकेश बिक र ३ वर्षीय छोरा निशन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा पहिरो खसेपछि उनीहरूको मृत्यु भएको हो । पहिरोका कारण सो क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!