संगालोखबर


विराटनगर । देशभर भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै आज र भोलि दुई दिन महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार आजदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

वर्षाका कारण खोलानाला तथा नदीमा पानीको बहाव बढ्ने, सडक तथा बस्तीहरू डुबानमा पर्ने, बाटोघाटो अवरुद्ध हुने र अन्य विपदजन्य जोखिम सिर्जना हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी तथा सर्वसाधारणको सुरक्षार्थ विद्यालय बन्द गर्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलद्वारा हस्तान्तरित सूचनामा सम्भावित विपद्बाट प्रभावित हुने नागरिकका लागि सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!