काठमाडौं, १२ कात्तिक । हिमाली र मध्यपहाडी जिल्लामा सिट बाँडफाँटमा ठूलो समस्या बेहोर्नु नपरेपछि वाम गठबन्धनमा उत्साह देखिन्छ । तर, प्रदेश २ मा के होला ? एमाले र माओवादीका नेतामा अन्योल देखिन्छ ।

Advertisement

उक्त प्रदेशमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भए वाम गठबन्धन संकटमा पर्ने अवस्था छ । उक्त गठबन्धनको लक्ष्य तराई मधेसका जिल्लाहरुमा ४५ प्रतिशत सिट सुरक्षित गर्ने भन्ने छ ।

राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरिसकेका छन् । र, कांग्रेससँग चुनावी तालमेलका लागि वार्ता गरिरहेका छन् । वाम गठबन्धनका नेताहरुले पनि संघीय फोरमका नेताहरुसँग अनौपचारिक संवाद अगाडि बढाइरहेका छन् ।

एमालेका एक नेताले अनलाइनखबरलाई भने, ‘प्रदेश २ मा तीन वटा गठबन्धन हुने सम्भावना छ । त्यसो भएमा हामीले ४० देखि ४५ प्रतिशत सिट सुरक्षित गर्छौं ।’

उनका अनुसार प्रदेश २ मा कांग्रेस, राजपा-फोरम र वाम गठबन्धनको सम्भावना छ । यदि राजपा कांग्रेसतिर गयो भने फोरमलाई वाम गठबन्धनमा ल्याउने प्रयास हुनेछ । यसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाउनेछ ।

तर, एमाले र माओवादीले नचाहँदा नचाहँदै कांग्रेस, राजपा र फोरमले मोर्चाबन्दी गरेमा भने वाम गठबन्धन संकटमा पर्नेछ । कांग्रेस नेताहरुका अनुसार सर्लाही १ र ३ बाहेक सबै -३०) सिट कांग्रेस-राजपा-फोरम गठबन्धनले जित्न सक्छ ।

स्थानीय तहको मत विश्लेषण गर्दा पनि तीन दल एक ठाउँमा आएमा वाम गठबन्धनको तीन सिट मात्र सुनिश्चित देखिन्छ । ६ सिटमा दुवै गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ भने बाँकी २३ सिटमा कांग्रेस गठबन्धनको जित देखिन्छ ।

तर, कांग्रेस-राजपा-फोरमको गठबन्धन सजिलो छैन । दुवै दलले मिलेर प्रदेश २ मा मात्र प्रतिनिधिसभाको २४ सिट दाबी गरेका छन् । तर, सहमति जुटेको छैन ।

कार्यदल स्तरमा भएको वार्ता सहमतिमा नपुग्दा कांग्रेसले केही सिटमा उम्मेदवार तोकिसकेको छ । यसप्रति राजपाका नेताहरुले असन्तुष्टि समेत जनाएका छन् ।

कुन जिल्लामा कस्तो छ अवस्था ?

सप्तरी
क्षेत्र नम्बर १ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४ः कांग्रेस गठबन्धन

धनुषा
क्षेत्र नम्बर १ः प्रतिस्पर्धा
क्षेत्र नम्बर २ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४ः कांग्रेस गठबन्धन

महोत्तरी
क्षेत्र नम्बर १ः प्रतिस्पर्धा
क्षेत्र नम्बर २ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४ः कांग्रेस गठबन्धन

सर्लाही
क्षेत्र नम्बर १ः वाम गठबन्धन
क्षेत्र नम्बर २ः प्रतिस्पर्धा
क्षेत्र नम्बर ३ः वाम गठबन्धन
क्षेत्र नम्बर ४ः कांग्रेस गठबन्धन

रौतहट
क्षेत्र नम्बर १ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३ः वाम गठबन्धन
क्षेत्र नम्बर ४ः वाम गठबन्धन

बारा
क्षेत्र नम्बर १ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३ः वाम गठबन्धन
क्षेत्र नम्बर ४ः कांग्रेस गठबन्धन

पर्सा
क्षेत्र नम्बर १ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३ः कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४ः कांग्रेस गठबन्धन

तर, तीन दल एक नभए …

कांग्रेसले राजपा र फोरमसँग तालमेल गर्न सकेन भने प्रदेश २ को चुनावी प्रतिस्पर्धा साह्रै रोचक हुनेछ । यसबाट सबैभन्दा ठूलो घाटा कांग्रेसलाई हुनेछ ।

स्थानीय तहको मतका आधारमा प्रदेश २ को चुनाव तीन गठबन्धनमा भएमा १४ सिटमा वाम गठबन्धनको जित हुनेछ भने राजपा र फोरमले नौ सिट जित्नेछन् । तर, कांग्रेसको एक सिटमा पनि जित सुनिश्चित देखिँदैन ।

चार सिटमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने कांग्रेस र राजपा-फोरम गठबन्धनबीच तीन तथा वाम र राजपा-फोरमबीच दुई सिटमा रोचक भिडन्त हुने देखिन्छ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!