
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले मोरङ प्रहरीलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ ।
सेवासम्बन्धी फोन संवादलाई व्यवस्थित तथा अभिलेखयोग्य बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो ।

उपकरणको प्रयोगबाट सेवाग्राहीसँग हुने फोन संवादलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न तथा आवश्यक अवस्थामा संवादको अभिलेख सुरक्षित राख्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
कल रेकर्डिङ उपकरणको प्रयोगले जिल्ला प्रहरी कार्यालय मोरङको सेवा प्रवाहमा थप सहजता, समन्वय तथा प्रभावकारिता अभिवृद्धि हुने नोबेलको अपेक्षा छ ।

संगालोखबर 














