संगालोखबर


विराटनगर । शनिबार विराटनगरको राधाकृष्ण रथयात्रा अवलोकनमा आएका बेला हराएकी चाँदनी दास भारतमा फेला परेकी छन् ।

विराटनगर-१८ फडानी चोककी १६ वर्षीया चाँदनी भारतबाट परिवारको सम्पर्कमा आएकी हुन् । उनका मामा अजय दासका अनुसार चाँदनी दिल्ली नजिकै फेला परेकी छन् ।

‘परिवारका सदस्यहरू लिन जानु भएको छ’, अजयले संगालोखबरसँग भने, ‘तीन/चार जना साथीहरूसँग गएको रहेछ । दिल्ली नजिक पुगेको रहेछ ।’

रथ अवलोकनका लागि परिवारका सदस्यहरूसँग रोडशेष आएकी दास साँझ ७ः३० बजेतिर सम्पर्कविहीन भएकी थिइन् । उनी हराएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा पनि निवेदन दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!