
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरुप तेह्रथुमको लालीगुराँस नगरपालिकाले आज शोक बिदा दिएको छ ।
भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मानमा नगरपालिकाले शोक विदा दिएको हो ।
घटना भएको तेह्रौं दिनको पुण्यतिथिमा सम्पूर्ण दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक दिन नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा निजी विद्यालय लगायत सम्पूर्ण संस्थाहरूमा शोक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
आकस्मिक र अत्यावश्यकीय सेवा बाहेकमा शोक बिदा दिइएको नगरप्रमुख अर्जुन माबोहाङद्वारा जारी सूचनामा भनिएको छ ।

संगालोखबर 














