
विराटनगर । विराटनगर-१८ बाट प्रहरीले वेवारिसे अवस्थामा राखिएको २० किलो ३२० ग्राम गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
रेल्वे नजिक वेवारिसे अवस्थामा राखिएको गाँजा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय बुधनगरमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 











