
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार सात सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार छ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 











