संगालोखबर


विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्ग्सले मुख्य प्रायोजकको रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँग सहकार्य गरेको छ ।

आज विराटनगरमा भएको एक कार्यक्रममाझ दुई पक्षबीच औपचारिक सम्झौता भएको हो ।

‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ अघि बढेको विराटनगर किङ्ग्सले पछिल्ला सिजनहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सकारात्मक छाप छाड्न सफल भएको छ ।

नयाँ सम्झौताअनुसार अब एक्स्ट्रिम इनर्जी ड्रिंक्स विराटनगर किङ्ग्सको मुख्य प्रायोजकका रूपमा रहनेछ भने टोलीको जर्सी लगायतका विभिन्न प्रमुख स्थानहरूमा ब्रान्डको उपस्थिति रहनेछ ।

विराटनगर किङ्ग्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरीद्वारा जारी विज्ञप्तिमा यस सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!