
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार छ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार छ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 












