संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख पर्शुराम खापुङबीच भेटवार्ता भएकाे छ

विराटनगर–३ स्थित प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीसहितको टोलीले प्रदेश प्रमुख खापुङलाई भेटेको हो ।

भेटका क्रममा काँग्रेसका मन्त्रीहरूले दिएको राजीनामा र प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए।

सोमबारसम्ममा नयाँ मन्त्रीहरू नियुक्त भई मन्त्रिपरिषद्ले पूर्णता पाउने विषयमा समेत प्रदेश प्रमुखलाई जानकारी गराइएको मन्त्री लिङ्थेपकाे भनाइ छ ।

प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार काँग्रेसका मन्त्रीहरू बाहिरिएपछि खाली भएका मन्त्रालयहरूको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्री कार्की आफैँले सम्हालेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!