संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । बलात्कार आरोपमा विराटनगरबाट नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन् । पीडित युवतीले दिएको जाहेरीको आधारमा विराटनगर-१८ घर भएका प्रहरी जवान २३ वर्षीय आजाद मियाँलाई बुधबार पक्राउ गरिएको हो ।

पीडितले दिएको किटानी जाहेरीका मियाँलाई पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार मियाँविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सञ्चार शाखामा कार्यरत थिए । मियाँले विराटनगर-१७ घर भएकी युवतीलाई ललाइफकाइ विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!