
विराटनगर । कोशी प्रदेश सभाको नवौँ अधिवेशनको तेह्रौँ बैठक आगामी भदौ ३ गते बुधबारका लागि आह्वान गरिएको छ । कोशी प्रदेश सभा सचिवालयले आज सूचनापत्र जारी गर्दै बैठकको मिति र समयबारे जानकारी गराएको हो ।
यसअघि २०८३ साल असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभाको बैठक भदौ ३ गते दिउँसो १ बजे कटहरीस्थित कोशी प्रदेश सभा भवनमा बस्ने छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिव सुदर्शन खड्काद्वारा जारी सूचनामा उल्लेख छ ।

संगालोखबर 












