
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार सात सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार सात सय ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













