संगालोखबर


इलाम । करिब तीन वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका इलामका साजन राईको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिका-२ जोगमाईका राईको मलेसियास्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

केही समयदेखि बिरामी रहेका राईलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मलेसियामै रहेका स्थानीय दिवस सोङ्मीका अनुसार अस्पतालले उनलाई ८ अगस्टका दिन मृत घोषणा गरेको हो ।

मृतकको शव नेपाल ल्याउनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ । वडाको सिफारिस आवश्यक पर्ने भएकाले माइजोगमाई-२ को वडा कार्यालयले कागजात तयार गरी म्यानपावर कम्पनीमार्फत मलेसियास्थित नेपाली राजदूतावासमा पठाइसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!