
विराटनगर । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौं स्थित पशुपतिनाथ मन्दिरमा बिहान नै देखि ठूलो सङ्ख्यामा श्रद्धालुहरू भेला भएर पूजा आराधना गरिरहेका छन् ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्छन् । साउनका अन्य सोमबार व्रत बस्न नपाएकाहरूले पनि अन्तिम सोमबार पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
सोमबार भगवान् शिवको प्रिय वार मानिने भएकाले श्रद्धालुहरूले बिहानैदेखि लाइन बसेर पूजापाठ तथा दान गरिरहेका छन् ।
बोलबम तीर्थालुहरूले काठमाडौंको सुन्दरीजलबाट ल्याएको शुद्ध जल पशुपतिनाथमा चढाएर पूजाअर्चना गरेका छन् । पशुपतिबाहेक देशभरका विभिन्न शिवालयहरूमा पनि भक्तजनको बाक्लो उपस्थिति छ ।

संगालोखबर 













