संगालोखबर
फाइल तस्बिर

विराटनगर । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका केही नदीमा बाढीको जोखिम देखिएको जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तलै छ ।

आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन । यस्तै यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ ।

ठूला नदीमा ठूलो बाढीको खतरा नभए पनि झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सङ्खुवासभा लगायत पूर्वका केही जिल्लाका साना नदीहरूमा भने आज बाढीको जोखिम देखिन्छ ।

त्यसैगरी आज सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी भई बहने खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ । महाशाखाका अनुसार यी ३९ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा भने आज पनि जलस्तर एक्कासि बढ्न सक्ने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!