
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार सात सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













