
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षबाट वृद्धि भएको कर्मचारीहरूको तलबमान र सुविधा निर्धारण गरेको छ ।
अर्थमन्त्रालयले सबै मन्त्रालय आयोग, सचिवालय र कार्यालयहरूलाई वृद्धि भएको तलब, ग्रेड र मासिक प्रोत्साहन भत्ता वापतको रकम कायम गरेर त्यसअनुसार गर्न परिपत्र गरेको हो ।
निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको तलब अब ९० हजार ५९४ हुनेछ । मुख्यसचिवको सुरु स्केल ८४ हजार ९३२ हुनेछ भने त्यसमा दुई ग्रेडसम्म जोडिने छ । नेपाली सेनाका प्रधान सेनापतिको पनि मुख्यसचिव सरह नै तलब हुनेछ ।
विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५ सय ७६ हुनेछ । अवकाश प्राप्त गर्ने सचिवहरूले पेन्सन वापत ६६ हजार ५ सय ३९ रुपैयाँ प्राप्त गर्ने छन् ।
नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र स्वास्थ्य सेवा बाह्रौं तहका अधिकृत र संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरह नै हुनेछ ।
मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद्, स्थानीय तहलगायतका कर्मचारीको तलब भत्ता कायम गरेको हो । सम्पूर्ण विवरण हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

संगालोखबर 













