संगालोखबर


विराटनगर । भारतको कलकत्तास्थित नेताजी स्टेडियममा सम्पन्न १० औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियन्सिप च्यालेन्जर कपमा विराटनगरका खेलाडीले १४ पदक जितेका छन् ।

विराटनगरस्थित च्याम्पियन्स कराते एकेडेमीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १४ पदक जितेर नेपाललाई गौरवान्वित बनाएका हुन् ।

अल इन्डिया सेइशिनकाइ शितो-र्यु कराते-डो फेडेरेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालसहित ९ देशका करिब ७ हजार खेलाडीहरू सहभागि थिए । प्रतियोगितामा च्याम्पियन्स कराते एकेडेमीका १० जना खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै काता र कुमिते दुवै विधामा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

एकेडेमीका खेलाडीहरूले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल १४ पदक जितेका हुन् । प्रतियोगितामा ५ वर्षदेखि १४ वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाएका थिए ।

खेलाडीहरूको उत्कृष्ट प्रदर्शनप्रति खुसी व्यक्त गर्दै एकेडेमीका प्रशिक्षक सुरज कामतले आगामी दिनमा अझ प्रभावकारी प्रशिक्षण प्रदान गर्ने बताए । खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप प्रतिस्पर्धी र सफल बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!