संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको लेटाङ नगरपालिका-१ स्थित एक होटलमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-१० का ३८ वर्षीय डम्बर खतिवडा तथा घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोपमा विराटनगर-५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका-८ का ५० वर्षीय कमलबहादुर आले मगर छन्।

प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङकाे हाम्रो होटलको कोठामा लिम्बू र आले मगरले युवतीलाई ललाइफकाइ खतिवडासँग भेट गराएका थिए।

त्यसपछि नशालु पदार्थ मिसाएर खान दिएको र तीनै जनाले ज्यान मार्ने धम्की दिएपछि खतिवडाले जबरजस्ती करणी गरेको खुलेको छ।

पीडित युवतीले साउन १८ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!