संगालोखबर


बर्दिया । मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका-४ तिनाडी घर भई हाल ठाकुरबाबा नगरपालिका-७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी छन् ।

प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु प्र ००१-०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका-९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा थारूको शव फेला परेको थियो । अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका थारूलाई उद्धार गर्नुको सट्टा चालक जैसीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मृतकले लगाएको माला/डोरीले घाँटी कसेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार हत्यापछि उनले शव सिँचाइ नालामा फालेर भागेका थिए ।

घटनामा संलग्न जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!