संगालोखबर


विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु भएको छ । प्रदेशको नयाँ मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा निष्कर्ष निकाल्न विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा एमालेका प्रदेश सभा सदस्यहरूको सहभागिता छ ।

मुख्यमन्त्री पदका लागि पार्टीभित्र दुई वटा धार देखिएपछि सहमति जुटाउन बैठक बोलाइएको हो । पार्टी भित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन नेताहरू छलफलमा व्यस्त छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!