
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













