
काठमाडौं । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको पन्जाब घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । शनिबार राति क्याथे प्यासिफिक एयरवेजको उडानमार्फत दुई भारतीय थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए ।
उनीहरूले ल्याएको गाँजा रिसिभ गर्न अर्का भारतीय पनि विमानस्थल पुगेका थिए । तीनै जनाविरुद्ध लागूऔषधको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













