संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरबाट चाेरीकाे सिटी सफारीसहित एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० बाट चोरी भएको सिटी सफारी भारततर्फ लैजाँदै गरेको अवस्थामा उदयपुर घर भई हाल विराटनगर-४ बस्ने ३२ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार शनिबार बिहानका राति नारायणप्रसाद थपलियाको घरकाे दराजमा राखिएको सुनचाँदीका गरगहना तथा घरअगाडि पार्किङमा राखिएको प्रदेश १-०२-००४ ह ८६३९ नम्बरको हरियो रंगको सिटी सफारी चोरी भएको थियो ।

घटनाकाे जानकारी पाएपछि खाेजी तीब्र पारेकाे प्रहरी टाेलीले विराटनगर-१६ दरैयामा सफारी फेला पारेकाे हाे। भारततर्फ लैजाँदै गरेको अवस्थामा चोरी भएको सफारी नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका तामाङको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहना पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!