संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिका-१० बाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज दिउँसो १ः३० बजे मिनी ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद भएको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचना आएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो ।

संयुक्त टोलीले रोकेर चेकजाँच गर्दा ट्रकको पछाडि धानको भुसको बोरामुनि कालो प्लाष्टिकमा प्याक गरेर राखिएको ३१ वटा पोकामा गाँजा फेला परेको हो । प्रहरीले गाडी चालक धनकुटाको पाख्रीबास नगरपालिका-९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।

बरामद भएको गाँजा, नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!