संगालोखबर


विराटनगर । मोरङको बेलबारीस्थित एक पेट्रोल पम्पमा तेल हालेर स्टार्ट गर्ने क्रममा आगलागी भएको मोटरसाइकल आजै निकालेको पाइएको छ । प्रहरीका अनुसार रिकन्डिसन हाउसबाट आजै निकालेर लैजाने क्रममा पेट्रोल पम्पमा तेल हालेर स्टार्ट गर्दा आगलागी भएको हो ।

आज दिउँसो को ३८ प ७२४० नम्बरको मोटरसाइकलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-१ का शुक्रराज राईको मोटरसाइकल जलेको हो ।

Advertisement

आगलागी भएको केही समयमा नै स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मोटरसाइकलको पछाडिको भाग पूर्णरूपमा क्षति पुगेको छ । प्रहरीका अनुसार आगलागीबाट अन्य क्षति भएको छैन ।

बेलबारीमा पेट्रोल पम्पमा तेल हालेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!