
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । पार्टीका प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट मतदान सुरु हुने जानकारी दिए ।
रास्वपाको महाधिवेशन गत आइतबारबाट सुरु भएको थियो । महाधिवेशन ९ गतेसम्मका लागि तय भएपनि समय लम्बिन पुगेको छ ।
आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । आज साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

संगालोखबर 



















