
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार पाँच सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला तीन सय पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार छ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 


















