संगालोखबर


विराटनगर । राहदानी (पासपोर्ट) आपूर्तिमा भएको अनियमितता आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनालाई नियन्त्रणमा लिएको छ ।

पासपोर्ट आपूर्ति प्रक्रियामा जोडिएका व्यवसायी सिद्धार्थ थापा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

Advertisement

धनकुटाको मुगाा घर भएका सिद्धार्थ नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् । उनी राहदानी छपाइ प्रक्रियामा संलग्न कम्पनी ‘भेरिडोस’सँग सम्बन्धित व्यवसायी हुन् ।

नियन्त्रणमा लिइने अन्यमा विभागको प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधि (आईटी) निर्देशक सुनिल कुमार केसी रहेका छन् । 

अख्तियार स्रोतका अनुसार आज नियन्त्रणमा लिइएका उनीहरूमाथि हिरासतमा राखेर बयान लिन सुरु गरिएको छ ।

अख्तियारको टोलीले सोमबार साँझ नै राहदानी विभाग पुगेर आपूर्तिसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो । अख्तियारको टोली पुग्नुअघि सोमबार दिउँसो महानिर्देशक अर्याल प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय समेत पुगेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!