संगालोखबर

विराटनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले प्रधानमन्त्री शाहले संसद्‍मा दिएको ‘नेपालले समेत भारतको विभिन्न ठाउँमा सिमाना मिचेको’ भन्ने भौगोलिक अखण्डतामाथि प्रश्न उठ्ने अभिव्यक्तिप्रति खेद प्रकट गर्दै आत्मालोचना, आम नेपाली जनतासँग माफी तथा राजीनामाको माग गरेको छ ।

‘इन्द्रबहादुर राई जस्ता भुईँ मान्छेहरूलाई मर्न बाध्य पार्नेगरि गरिएको अमानवीय व्यवहारको कडा विरोध गर्दै सुकुम्बासीहरूको न्यायोचित, मानवीय र सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको संसदप्रतिको अपमान, जवाफदेहिताविहीन शासनशैली तथा लोकतान्त्रिक मूल्य-मान्यतामाथि देखिएको उदासीनताप्रति पनि बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!