संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१९ मा आइतवारबाट अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरवाटै राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विराटनगर वडा नं. १९ ले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता उद्घाटन गर्दै विराटनगरका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधार विकाससँगै खेलकुद, शिक्षा र सामाजिक क्षेत्रको समग्र विकासमा महानगर केन्द्रित रहेको बताए । उनले खेलकुद युवाको ऊर्जा, अनुशासन र पहिचानसँग जोडिएको क्षेत्र भएकाले महानगरले खेल गतिविधिलाई प्राथमिकतामा राखेको उल्लेख गरे । १९ नं. वडाका वडाध्यक्ष श्याम घिमिरेले विराटनगरलाई ‘स्पोर्ट्स सिटी’ का रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

पोखरिया युथ क्लबको संयोजनमा सुरु भएको प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता छ । जेठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार पाउने आयोजकले जनाएको छ ।

यसैबीच, उद्‌घाटन खेलमा आयोजक वडा नम्बर १९ विजयी भएको छ । वडा नम्बर १ लाई ट्राइबेकरमार्फत पराजित गर्दै १९ नं. वडाले विजयी सुरुवात गरेको हो । निर्धारित खेलमा १-१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!