संगालोखबर


विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

पत्रकारिता दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले प्रदेशको सञ्चार क्षेत्र विकासमा सरकारले महत्वपूर्ण सहयोग गर्ने बताएका हुन् ।

प्रदेशमा रहेर पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने पत्रकारहरूलाई गतवर्ष जस्तै यो वर्ष पनि पुरस्कृत गरिएको उनले बताए । विधि, प्रक्रियाबाट नै व्यक्तिहरूको छनोट गरेर पुरस्कृत गरिएको उनले उल्लेख गरे ।

भूगोल, क्षेत्र, समुदाय सबैलाई समेटेर अग्रज पत्रकारहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको मन्त्री पराजुलीले बताए । उनले केही कमीकमजोरी भएको खण्डमा आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!