संगालोखबर

विराटनगर । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज कोशी प्रदेश सरकारले ८ जना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदेश सरकारले पत्रकारहरूलाई पुरस्कृत गरेको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम आयोजना गरेर अग्रज पत्रकारहरू सिद्धराज राई (धनकुटा), विवेक गौतम (मोरङ), शेखर रेग्मी (मोरङ), सन्तोष रुचाल (धनकुटा), रेजिना गौतम (ताप्लेजुङ), मनोज श्रेष्ठ (सोलुखुम्बु), श्यामसुन्दर सुतियार (मोरङ) र गोपाल दाहाल (सुनसरी) लाई जनही एक/एक लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली लगायतले अविर, माला, खादा र सम्मानपत्र प्रदान गरी सम्मानित गरेका छन् । निष्पक्ष, उत्तरदायी र व्यवसायिक पत्रकारिताको माध्यमबाट प्रदेशलाई पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कृत गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

पुरस्कारका लागि पत्रकार छनौट गर्न पत्रकार महासंघसहित पत्रकार सम्बद्ध सङ्गठनहरूको प्रतिनिधित्वमा छनौट समिति निर्माण गरिएको थियो । सोही समितिको सिफारिसका आधारमा पत्रकारहरूलाई पुरस्कृत गरिएको हो । 

प्रदेश सरकारले हरेक वर्ष अग्रज पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।

यो पनि..

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!