संगालोखबर


विराटनगर । दोस्रो संस्करणको नेपाल हव पुरुष टी-२० पुरुष क्रिकेट प्रतियोगिता वर्षाका कारण रद्द भएको छ । विराटनगरको मेरिलिवन ज्वाला क्रिकेट मैदानमा जारी खेल वर्षाका कारण रद्द गरिएको हो ।

नेपाल क्रिकेट फाउण्डेसन र कोशी प्रदेश क्रिकेट संघको आयोजनामा भइरहेको खेल आज बिहान भारी वर्षा भएर मैदानमा पानी जमेपछि रद्द गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

आजको पहिलो खेल विराटनगर हव र सिरहा हव तथा दोस्रो खेल उदयपुर हव र इटहरी हवबीच हुने तय थियो । तर खेल रद्द गरि १-१ अंक बाँडिएको छ ।

विराटनगर ३ खेलमा २ मा जित र १ खेल रद्द हुँदा ५ अंकका साथ शीर्ष स्थानमा छ । सिराहा २ खेलमा १ मा जित र १ खेल रद्द भएपछि ३ अंकका साथ दोस्रो, राजविराज २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा छ ।

इटहरी २ खेलमा १ मा पराजित र १ खेल रद्द भएपछि १ अंकका साथ चौथो तथा उदयपुर ३ खेलमा २ मा पराजित र १ खेल रद्द भएपछि १ अंकका साथ पुछारमा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!