संगालोखबर सम्वाददाता

धनकुटा, ६ कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा आज साँझ आयोजित हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रममा गायिका इन्दिरा जोशीले सांगीतिक माहोल तताउँदै छन् ।

हिलेमा बन्दै गरेको कवड हल निर्माणमा सहयोगका लागि हिले ब्याडमिन्टन क्लवले आयोजना गरेको कार्यक्रममा गायिका जोशीसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैवीच हाउजी बिंगो खेलको बिजेताले यमाहाको स्कुटर पाउँने छन ।

आगामी कात्तिक २३ देखि २५ गतेसम्म हिलेमा हुँने राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताका लागि समेत सहयोग जुटाउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक हिले ब्याडमिन्टन क्लवका अध्यक्ष राम गोङ्वाले संगालोखबरलाई जानकारी दिएका छन ।

कार्यक्रमको लाईभ भिडियो हेर्नुहोस् …

https://www.youtube.com/watch?v=__HpTbtP4I0&feature=youtu.be

 

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

हिलेमा गायिका इन्दिरा जोशी आउँने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!