संगालोखबर

धनकुटा । नेकपा एमाले धनकुटाले स्थानीय तह पुर्नसंरचनाको विषयमा छलफल थालेको छ । सरकारले स्थानीय तह हटाउने प्रकृया अघि बढाएपछि एमाले धनकुटाले पनि यो विषयमा चासो दिएर छलफल थालेको हो । कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमाले धनकुटाले यो विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ ।

Advertisement

अन्तरक्रिया कार्यक्रममार्फत स्थानीय तह पुर्नसंरचनाका विषयमा जनप्रतिनिधिहरूबाट राय सुझाव संकलन गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत कार्यक्रममा सहभागि थिए ।

उनीहरूले स्थानीय तह पुर्नसंरचनाका विषयमा सुझाव प्रस्तुत गरेका छन् । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनतालाई सहज हुने गरी स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने धारणा राखे । एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल, प्रदेश सभा सदस्य निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ लगायतले स्थानीय तहको पुर्नसंरचना गर्दा जनताको सहजतालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एमाले नेतृसमेत रहेकी अधिवक्ता हिमा बस्नेतले स्थानीय तह पुर्नसंरचनाको कानूनी व्यवस्थाका विषयमा जानकारी गराएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!