
विराटनगर । इराकको कुर्दिस्तान क्षेत्रमा दुई जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका उनीहरूको २८ मार्चका दिन कुर्दिस्तानका छुट्टाछुट्टै सहरमा मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अनुसार गोरखाकी रिता भुजेल र लमजुङका लेखमान घलेको मृत्यु भएको हो ।
मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको र शव नेपाल पठाउने प्रक्रियाका लागि आवश्यक समन्वय भइरहेको एनआरएनए इराकले जनाएको छ ।

संगालोखबर 



















