संगालोखबर


विराटनगर । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले आज देशका केही स्थानमा दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ ।

प्रि-मनसुनको समय भएकाले दिउँसो र बेलुकीपख मौसममा अचानक बदलाव आउने भन्दै मौसमविद्हरूले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षाको समेत सम्भावना छ ।

यस्तै आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा बादल लाग्ने तथा लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी एवं तराई क्षेत्रमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ ।

हिजो मात्रै देशका विभिन्न भागमा आएको भीषण हावाहुरी, चट्याङ र असिनाका कारण जनधनको क्षति भएको छ । उदयपुरको कटारीमा हावाहुरीकै कारण दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । हुरीले कतिपय स्थानमा घरको छाना उडाउनुका साथै रुखहरू ढालेर भौतिक क्षति समेत पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीबाट बच्न सुरक्षित उपायहरू अपनाउन सुझाव दिएको छ । हावाहुरी चलेका बेला घरबाहिर ननिस्कन, झ्यालढोका बन्द गरेर भित्रै बस्न र यात्रा गरिरहेको अवस्थामा सुरक्षित ओत लाग्न विज्ञहरूको सल्लाह छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!