संगालोखबर


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ४ जना सांसद छानेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक ४ सिटका लागि सांसदको नाम टुङ्गो लगाएको हो ।

पार्टीले खस आर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ १ सिट जितेको राप्रपाले समानुपातिकमा ४ सिट जितेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!