संगालोखबर
फाइल तस्बिर

विराटनगर । देशभरका सहरहरूमा तापक्रम क्रमशः बढ्दै जाँदा विराटनगरमा गर्मीको महसुस बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार विगत तीन दिनयता विराटनगरसहित तराई तथा मधेसका धेरैजसो सहरको अधिकतम तापक्रम उकालो लागेको छ ।

विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ । यो तापक्रम हाल देशभरका प्रमुख सहरहरूमध्येकै उच्च मध्येको एक हो ।

विराटनगरसँगै सिराहा र बाँकेको तापक्रम मध्यान्हसम्ममै ३१.१ डिग्री सेल्सियस पुगिसकेको छ । नेपालगञ्जमा पनि आज तापक्रम ३० देखि ३२ डिग्रीको हाराहारीमा रहने अनुमान छ ।

काठमाडौं उपत्यकामा पनि गर्मी बढेको छ । फागुन २६ गते २०-२२ डिग्री रहेको काठमाडौंको तापक्रम आज मध्यान्हसम्म २५.४ डिग्री सेल्सियस पुगेको छ । यद्यपि यहाँको न्यूनतम तापक्रम भने १५-१७ डिग्रीकै आसपास छ ।

पोखरामा आज तापक्रम २६-२८ डिग्री पुग्ने अनुमान छ भने हिमाली भेगको जुम्लामा २३-२५ डिग्री र जोमसोममा १७-१९ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ । मनाङको हुम्दे विमानस्थलमा भने सबैभन्दा कम ३.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

मौसम विभागका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश सहरहरूमा दिउँसोको तापक्रम क्रमशः बढ्दै जानेछ । यस अवधिमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेकाले विशेषगरी तराईका जिल्लाहरूमा गर्मी अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!