संगालोखबर


विराटनगर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ साना राजनीतिक दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार कूल ३६ वटा राजनीतिक दल १० हजार मत कटाउन असफल भएका छन् ।

आयोगको तथ्याङ्क अनुसार ती ३६ मध्ये २७ वटा दलले ५ हजार मत पनि प्राप्त गर्न सकेनन् । अझ कमजोर प्रदर्शन गर्ने ४ वटा दलको मत संख्या १ हजार भन्दा पनि कम रहेको छ ।

देशभर गणना गरिएको कूल १ करोड ७ लाख ८५ हजार ८७६ सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ५७ हजार १३० मतसहित पहिलो स्थानमा रहँदा अन्य साना दलहरू भने निकै पछाडि परेका छन् ।

क्र.सं. राजनीतिक दलको नाम प्राप्त मत संख्या
संयुक्त नागरिक पार्टी ९,०९२
स्वाभिमान पार्टी ८,१३३
राष्ट्रिय जनमुक्ति पार्टी ७,२०८
नेपाल जनता पार्टी ७,१५५
राष्ट्रिय एकता दल ७,०५७
नेपाल कम्युनिष्ट पार्टी (माले) ६,१६३
राष्ट्रिय गौरव पार्टी ५,२४३
नेशनल रिपब्लिक नेपाल ५,१५८
नेपालका लागि नेपाली पार्टी ५,०१०
१० ने.क.पा. मार्क्सवादी (पुष्पलाल) ४,८२७
११ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,६७१
१२ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ४,५०९
१३ गतिशील लोकतान्त्रिक पार्टी ४,४६३
१४ राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ४,३१४
१५ समावेशी समाजवादी पार्टी नेपाल ४,२७०
१६ नेपाल लोकतान्त्रिक पार्टी ४,१०६
१७ नेपाल मातृभूमि पार्टी ३,२२४
१८ जय मातृभूमि पार्टी २,९७५
१९ राष्ट्रिय जनता पार्टी नेपाल २,९२८
२० बहुजन शक्ति पार्टी २,७५३
२१ प्रजातान्त्रिक पार्टी नेपाल २,२३९
२२ नेपाल जनमुक्ति पार्टी २,१६७
२३ जन अधिकार पार्टी २,१०८
२४ नेपाल सद्‍भावना पार्टी २,०१५
२५ पिपुल फर्ष्ट  पार्टी १,७९८
२६ नेपाली कांग्रेस (वीपी) १,७८४
२७ नागरिक शक्ति, नेपाल १,७२७
२८ नेपाली जनश्रमदान संस्कृति पार्टी १,६३७
२९ नेपाली जनता दल १,४५१
३० समावेशी समाजवादी पार्टी १,३९२
३१ जनता लोकतान्त्रिक पार्टी नेपाल १,३००
३२ सचेत नेपाली / नागरिक सर्वाेच्चता पार्टी १,१२६
३३ जनप्रिय लोकतान्त्रिक पार्टी ९५०
३४ मितेरी पार्टी नेपाल ७६९
३५ उन्‍नत लोकतन्त्र पार्टी ७२४
३६ त्रिमुल नेपाल ६९०

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!